
काठमाडौँ – बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ को नयाँ सिजन सार्वजनिक गर्ने तयारी गरेका छन् । उनले ‘कौन बनेगा करोडपति १४’को प्रीमियर एपिसोड शुरू गर्ने तयारी गरेका छन् ।आगामी ७ अगष्टमा यस शोको प्रीमियर शो सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।
जसमा आमिर खान, मैरी कोम र सुनिल क्षेत्रीसहित अन्य चर्चित व्यक्तिहरूलाई सहभागी गराइनेछ ।








