Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं । हिन्दू महिलाहरुको पर्व तीज आउन झण्डै डेढ महिना बाँकी रहँदा युट्युब च्यानलहरु तीज गीतले भरिन थालेका छन् । कलाकारहरुले तीजलाई लक्षित गर्दै गीत सार्वजनिक गर्ने क्रमले तीव्रता पाएको छ ।

यसैबीच गायक भागीरथ चलाउनेले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ गीत ‘झमझम झुम्काना’ले युट्युबमा राम्रो भ्युज पाएको छ । यो गीत अहिले युट्युबमा नेपाल ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

गीतलाई अहिलेसम्म ७ लाख ४५ हजार बढी पटक हेरिसकिएको छ । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने बोमबहादुर गाहा मगरले शब्द रचना गरेका छन् । लय गायक चलाउनेकै रहेको छ ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा भागीरथ र गीता ढुंगाना फिचर्ड छन् ।

तपाईको प्रतिक्रिया