Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

नागोया – जापानमा दर्जनौँ प्रतिस्पर्धीलाई पाखा लगाउँदै नेपाली चेली युमे अधिकारी मिस प्रिटिन प्रतियोगिता भाग लिन अमेरिका जाने अन्तिम तयारी गरी रहेकी छिन् । उनको सम्मान तथा प्रोत्साहन स्वरूप एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाले शनिबार जापानकी गुडिया समेत भनेर चिनिने युमे अधिकारीलाई विशेष कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ ।

कार्यक्रममा एनआरएनए जापान, नागोया क्षेत्रीय समितिका संयोजक मनोज बम मल्लले युमे अधिकारीलाई मायाको प्रदान गरेका थिए । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष गोविन्द श्रेष्ठ, आइसिसी सदस्य दीपक कार्की, एनआरएनए एसिया प्यासिफिक संयोजक पारशमणि पोख्रेल, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव श्याम शीतल, कार्यसमिति सदस्य रामकाजी थापा, तोकाई बाटिका इन्टरनेशनल स्कुलका अध्यक्ष डा सुदिप अधिकारी, गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीलगायतले युमे अधिकारीलाई शुभकामना व्यक्त गरेका थिए ।

नेपाली चेली अधिकारी सौन्दर्य प्रतियोगितामा जापान प्रथम हुँदै अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको छ । जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा उनी आफ्ना परिवारसँगै बस्दै आएकी छिन् ।

१२ वर्षीया युमे अधिकारीले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा टिन अन्तर्राष्ट्रिय-२o२२ सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । सो प्रतियोगिता ४० वर्षदेखि लगातार आयोजना हुँदै आएको बताइएको छ । उक्त प्रतियोगिता मिसेस फ्याबुलस अन्तर्गतको एउटा बाण्ड भएको र यसले अन्तर्राष्ट्रियकरण एवं सामाजिक योगदानका गतिविधिका साथै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको युमेकी अभिभावक तथा मामा कुशल धिताल बताउँछन् । आफ्नी छोरीलाई आर्सीवाद प्रदान गर्नु हुने र छोरीलाई हौसला प्रदान गर्ने सबैलाई युमेकी बुबा सञ्जीव अधिकारीले धन्यवाद व्यक्त गरेका छन् ।उक्त प्रतिष्ठित प्रतियोगिता अमेरिकामा आगामी जुलाई २५देखी २७ तारिख आयोजना हुने बताइएको छ। आफूले स्कुलको पढाई सँगै यस प्रतियोगितामा तयारीको लागि समय दिएर मेहनत गरेका कारण सफलता प्राप्त गरेको बताउने युमे आफ्नी आमाको प्रेरणा अनि ईष्टमित्रहरुको सहयोगले यहाँ सम्म आइपुग्न सजिलो भएको बताउँछिन् ।

पढाईसँगै उनी नेपाली, अङ्ग्रेजी, जापनिज र कोरियन नृत्य तथा अङ्ग्रेजी र जापनिज गीत गाउन समेत पोख्त छिन् । ‘आफ्नी छोरीको कारण नेपाल र नेपालीलाई नजिकबाट विश्वले चिन्ने अवसर पाएकोमा धेरै खुसी छु,’ युमेकी आमा अञ्जना धिताल (अधिकारी)ले बताइन । प्रतिस्पर्धाका लागी जुलाई २२ मा युमे परिवारसँग अमेरिका जाँदै छिन् ।

तपाईको प्रतिक्रिया