Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो –  हाल जापानमा विदेशीहरुको कुल संख्या २७ लाख ३१ हजार ९३  रहेको जापान अध्यागमन विभाग (इमिग्रेशन सर्भिस एजेन्सी अफ जापान) ले जनाएको छ ।

उक्त संख्या सन् २०१८ को डिसेम्बर मसान्तसम्मको तथ्याङ्क अनुसार रहेको जापान अध्यागमन विभागले जनाएको छ । जसअनुसार सबैभन्दा धेरै चिनियाँ ७ लाख ६४ हजार ७ सय २० (२८ प्रतिशत), दोस्रोमा कोरिया ४ लाख ४९ हजार ६ सय ३४ (१६ दशमलव ५ प्रतिशत), तेस्रोमा भियतनाम ३ लाख ३० हजार ८ सय ३५ (१२ दशमलव १ प्रतिशत), चौथोमा फिलिपिन्स २ लाख ७१ हजार २ सय ८९ (९ दशमलव ९ प्रतिशत), पाँचौंमा ब्राजिल २ लाख १ हजार ८ सय ६५ (७ दशमलव ४ प्रतिशत), छैंठौंमा नेपाली ८८ हजार ९ सय ५१ (३ दशमलव ३ प्रतिशत), सातौंमा ताइवान ६० हजार ६ सय ८४ (२ दशमलव २ प्रतिशत), आठौंमा अमेरिका ५७ हजार ५ सय (२ दशमलव १ प्रतिशत), नवौंमा इण्डोनेशिया ५६ हजार ३ सय ४६ (२ दशमलव १ प्रतिशत) र दशौं स्थानमा थाइल्याण्ड ५२ हजार ३ सय ४६ (१ दशमलव ९ प्रतिशत) रहेका छन् भने अन्यमा ३ लाख ९६ हजार ९ सय ४६ (१४ दशमलव ५ प्रतिशत) रहेका छन् ।
यसैगरी भिसा क्याटगोरीका हिसाबले सबैभन्दा बढि पर्मानेन्ट रेसिडेन्ट ७ लाख ७१ हजार ५ सय ६८ (२८ दशमलव ३ प्रतिशत), दोस्रोमा विद्यार्थी ३ लाख ३७ हजार (१२ दशमलव ३ प्रतिशत), तेस्रोमा टेक्निकल इन्टर्न ट्रेनिङ ३ लाख २८ हजार ३ सय ६० (१२ प्रतिशत), चौथोमा स्पेशल पर्मानेन्ट रेसिडेन्ट ३ लाख २१ हजार ४ सय १६ (११ दशमलव ८ प्रतिशत), पाँचौंमा इञ्जिनियर स्पेशियलिष्ट इन हयूमनिटीजर इन्टरनेसनल सर्भिस २ लाख २५ हजार ७ सय २४ (८ दशमलव ३ प्रतिशत), छैठौंमा लङ टर्म रेसिडेन्ट १ लाख ९२ हजार १४ (७ प्रतिशत), सातौंमा डिपेण्डेन्ट १ लाख ८२ हजार ४ सय ५२ (६ दशमलव ७ प्रतिशत), आठौंमा जापानीसंग विवाहित वा सन्तान १ लाख ४२ हजार ३ सय ८१ (५ दशमलव २ प्रतिशत), नवौंमा डिजाइनेटेड एक्टिभिटिज ६२ हजार ९ सय ५६ (२ दशमलव ३ प्रतिशत) र दशौंमा स्किल्ड लेवर (सीपयुक्त कामदार) ३९ हजार ९ सय १५ (१ दशमलव ५ प्रतिशत) रहेका छन् भने अन्यमा १ लाख २७ हजार ३ सय ७ (४ दशमलव ७ प्रतिशत) रहेका छन् ।***

तपाईको प्रतिक्रिया