Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – भारतको जयनगरबाट छुटेको रेल शनिबार जनकपुरको कुर्तासम्म आइपुगेको छ ।

आगामी डिसेम्बरमा जनकपुरसम्म रेल ल्याउने सरकारको योजना अन्तर्गत जनकपुरको कुर्तासम्म रेल ल्याइएको हो । जनकपुरदेखि कुर्तासम्मको दुरी ३५ किलोमिटर छ ।

सो खण्डको रेलमार्ग निर्माण तथा परीक्षण सम्पन्न भइसकेकाले शनिबार कुर्तासम्म रेल ल्याइएको रेल विभागका प्रबक्ता अमन चित्रकारले बताउनुभयाे ।

‘जनकपुर–कुर्तासम्मको ट्रयाक बनिसकेकाले कुर्तासम्म रेल ल्याइएको हो’, उहाँले भन्नुभयाे । आगामी डिसेम्बरसम्ममा रेल आउने विभागको भनाइ छ ।

सरकारले ७० किलोमिटर लामो जयनगर–जनकपुर–बर्दिबाससम्मको रेलमार्गमध्ये ३५ किलोमिटर मार्गको निर्माण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया