Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

मोरङ – पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रहरीको  प्रारम्भिक अनुसन्धानमा देखिएको  छ । प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताउनुभयाे  ।

‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’उहाँले भन्नुभयाे, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको भनेर संरक्षकले जाहेरी दिएका छन् ।’

तपाईको प्रतिक्रिया