काठमाडौं – नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हट्नुभएकाे छ ।
पार्टीभित्रकै तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हट्नुभएकाे हाे ।
उहाँले बिहीबार स्थानीय नेताहरुलाई आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाउनुभएकाे छ । स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उहाँले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए ।








