Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – नेपाली कांग्रेसले देशभर गइरहेको बाढी र पहिरोको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरिएको हो ।

कांग्रेसले बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनःनिर्माणका लागि समेत ध्यान दिन पनि आग्रह गरेको छ । प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल सञ्चालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरु वितरण गर्न बाढी, पहिरो प्रभावित सम्बन्धित जिल्ला समिति, भातृ संगठन तथा शुभेच्छुक संस्थाका सबै निकायहरुलाई कांग्रेसले निर्देशन समेत दिएको छ ।

पहिरो एवम् डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरुलाई स्थानान्तरण गराउने कार्यमा जुट्नका लागि नेपाली कांग्रेसले आफ्ना शुभेच्छुक संस्था र भातृ संगठनहरुलाई निर्देशन दिएको हो ।  केही दिन देखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा धनजनको ठूलो क्षति हुनुका साथै जनजीवन प्रत्यक्ष रुपमा प्रभावित बनेको छ ।

बाढी, पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लाहरुमा करिब डेढ दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । विज्ञप्तिमा बाढी र पहिरोका कारण केही व्यक्ति घाइते र बेपत्ता तथा दर्जनौं विस्थापित भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । सयौं हेक्टर खेतियोग्य जमिन डुवानमा परेको, सडक यातायात अवरुद्ध भएको घटनाप्रति पनि कांग्रेसले सहानुभूति प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया