Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडाैं – रसियामा जारी विश्श्कप फुटबलमा सट्टेबाजी लगाउने तीन जना काठमाडौंमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले बालाजुका प्रकट महर्जन, रामघाटका रेजिन महर्जन र चागलका सजेन शाहीलाई पक्राउ गरेको हो ।

सोमबार भएको विश्वकपका खेलमा पैसाको लेनदेन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताउनुभयाे । उनीहरुबाट प्रहरीले ६ लाख ९९ हजार रुपैयाँ बरामद गरेको छ ।

गत महिना काठमाडौं पसिसरले सट्टेबाजीको आरोपमा खेलाडी अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरु दबाबका कारण एक सातामै छुटेका थि ए। सो समूहले अहिले पनि सट्टेबाजी लगाइरहेको स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया