Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडाैं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनसनमा बसेकी गंगामाया अधिकारीको माग तत्काल सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । वरिष्ठ नेता पौडेलले आज बिहान वीर अस्पतालको आइसियूमा राखिएकी गंगामायाको स्वास्थ्य अवस्था बुझेपछि तत्काल उनको माग सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।

द्वन्द्वकालमा हत्या गरिएका छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्थ जटिल भएपछि आइसियूमा राखिएको छ । वरिष्ठ नेता पौडेलले अमानवीयताको परकाष्ठा भएको भन्दै गंगामायालाई न्याय दिन ढिलाइ नगर्न नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसिइवीलाई छानविन गर्न नसक्दा रातो झण्डे ओढेर सबै अपराध माफ हुने अराजकता बढेको बताउनुभयो ।

उहाँले अपराधीले माओवादीसँग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवीयता गुमाउँदै गएको टिप्पणी गर्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘रातो झण्डा ओढेपछि सबै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ । छोराको हत्यालाई कारवाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो । गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ ।’

उहाँले छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेका गंगामायाको पति नन्दनप्रसाद अधिकारीको पनि वीर अस्पतालमै ज्यान गएको स्मरण गराउँदै पीडितलाई न्याय दिन सरकारसँग जोडदार माग गर्नुभयो । वरिष्ठ नेता पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यो अत्यन्तै दुःखद र निरंकुशतावादी मनोवृतितिर शासन सत्ता अगाडि बढेको देखिन थालेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया