Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – मेक्सिकोलाई पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ब्राजिलसँग मेक्सिको २-० ले पराजित भएको हो । ब्राजिलले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियरले गोल गरेका थिए । नेइमारले विलियम्सबाट प्राप्त क्रसलाई सिल्प गर्दै गोल गरेका हुन् ।

त्यस्तै खेलको अन्तिम मिनेट चलिरहँदा ब्राजिलले दोश्रो गोल गर्दे अग्रतालाई दोब्बर पार्‍यो। दोश्रो गोल फर्मिनोले खेलको ८८ औं मिनेटमा गरेका हुन्। उनले नेइमारबाट प्राप्त पासलाई गोलमा परिणत गरेका थिए।

मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको ब्राजिलले केहि समयपछि हुने बेल्जियम तथा जापानबीचको खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । रसियामा जारी मेक्सिको र ब्राजिलबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपछि गोल गर्न सकेका थिएनन् ।जारी विश्वकपमा समूह चरणका तीन खेल मध्ये २ मा जीत र एकमा बराबरी खेलेको ब्राजिलले पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो भने कोस्टारिका र सर्बियालाई समान २-० गोलले पराजित गरेको थियो ।ब्राजिल र मेक्सिकोबीच अन्तिमपटक सन् २०१५ को जुनमा प्रतिस्पर्धा भएको थियो मैत्रिपुर्ण खेलमा जसमा ब्राजिल २-० गोलले विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया