काठमाडौं – पछिल्लो समय निकै चर्चामा रहेकी गायिका कल्पना बिसी र ज्ञानेन्द्र गिरीको स्वरमा रहेको गीत ‘हिरो…’ यूट्यूवमा सार्वजनिक भएको छ । शिखर फिल्मसको प्रस्तृतीमा ज्ञानेन्द्र गिरीको ‘हिरो…’ यूट्यूवमा सार्वजनिक भएको हो ।
लोक-देउवा आधुनिक तथा सबै खाले गीतमा आफ्नो मिठो स्वर दिन सफल गायिका कल्पना बिसीले यस गीतमा पनि निकै मिठो स्वर दिनु भएको छ । युवा पुस्तालाई लक्षित गरी तयार पारिएको गीतमा माया प्रेमको भावलाई दर्शाउन खोजिएको छ । गीतमा लय तथा शब्द गायक ज्ञानेन्द्र गिरीकै छ भने संगीत विशाल निरौलाको रहेको छ ।
जनता प्रालीले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गर्नु भएको हो । भिडियोको कोरियोग्राफरमा राहुल बराइली हुनुहन्छ भने क्यामरामा मुस्कान हुमागाई रहनु भएको छ । अमृत चापागाईले सम्पादन गर्नु भएको म्युजिक भिडियोमा शिबु र मुस्कान अभिनय देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=1cEC9P7WR68








