Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – वित्तिय अपराधमा संलग्न भइ चीनमा फरार रहेकी एक युवतीलाई पक्राउ गरी अध्यागमन विभागले निष्काशन गरेको छ । झोङ छु नायक युवतीलाई शुक्रबार चीनमा निष्काशन गरिएको हो ।

इ २८७७६४४५ नम्बरको पासपोर्टमा उनी उनी गत पुस १९ गते नेपाल आएकी थिइन् । अपराधमा संलग्न भइ फरार रहेकाले उनको पासपोर्ट चीन सरकारले रद्द गरेको थियो । नेपालमा आएको थाहा पाएपछि पक्राउ गर्न इन्टरपोलमार्फत पत्राचार भएको थियो । सोही अनुसार उनलाई नेपाल प्रहरीको इन्टरपोल शाखाले पक्राउ गरी अध्यागमन विभागमा पठाएको हो ।

उनलाई विभागले ओभर स्टे बापत ३ हजार रुपैयाँ जरिवाना गरी चीन निष्काशन गरेको हो ।  चीनमा उनले करोडौं हिनामिना गरेको लुक्न नेपाल आएको स्रोत बताउँछ । २ महिनाअघि पनि एक चिनियाँलाई पक्राउ गरी निष्काशन गरिएको थियो । नेपालमा पर्यटकहरुमाथि नियमनको प्रणाली नहुँदा कतिपय विदेशीहरु पर्यटकको आवरणमा अपराध गरेर लुक्न नेपाल आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया