Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले देशभरिका नापी तथा मालपोतका बिचौलिया तथा मालपोतका भ्रष्ट कर्मचारीको गोप्य सूची संकलन भइरहेको बताउनु भएको छ । भूमि नीति तर्जुमाका लागि सरोकारवालासँग भएको परामर्श गोष्ठीमा बोल्दै खनालले यी कार्यालयमा व्यापक अनियमितता हुने गरेकाले त्यस्ता कर्मचारी र बिचौलियाहरूको गोप्य सूचना संकलनको कार्य भइरहेको बतानु भएको हो ।

खनालले मालपोत तथा नापी कार्यालयमा लामो समय बसी बिचौलियासँगको साँठगाँठमा कर्मचारीले भ्रष्टाचार गर्ने गरेको आरोप लगाउनुभयो । ‘मालपोत र नापीमा वर्षौंसम्म बसिरहने तथा बिचौलियासँग साँठगाँठ गरेर भ्रष्टाचार गर्ने प्रवृति निकै पुरानो हो’ खनालले भन्नुभयो, ‘मन्त्रालयले दुबैको गोप्यरूपमा सूची तयार पारिरहेको छ। गलत गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइन्छ ।’

खनालले मालपोत कार्यालयहरूमा आमूल सुधारको खाँचो रहेको समेत बताउनुभयो । ‘अहिले निवेदन दिँदा लामो र अप्ठ्यारा फर्म लेख्ने झन्झट छ । यसबाट मुक्त गर्न ए­फोर साइजको पेपरमा सजिलो भाषामा नागरिकले सिधै निवेदन दिने व्यवस्था गरिन्छ’ खनालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया