Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

                           भिडियो हेर्न मिलन लामाको तस्विरमा क्लिक गर्नुहोला

टोकियो – लोकप्रिय लोक तथा दोहोरी गायक मिलन लामाले ’हण्ड्रेड मिलनहोम’ अभियान सुरु गरेका छन् ।

चितवन जिल्लाको दुरदराजमा रहेका विपन्न वर्गका स्थानीयहरुलाई सय घर निर्माण गरेर हस्तान्तरण गर्ने उनको अभियान रहेको छ ।
देश बिदेशमा हुने मेला महोत्सव तथा साँगीतिक कार्यक्रमहरुमा आफुले बक्सिस बापत पाउने अतिरिक्त आम्दानीबाट असहाय तथा दीनदुःखीहरुका लागि सयवटा घर बनाईदिने उनको लक्ष रहेको गायक लामाले समुद्रपारिलाई बताए । 

खासगरी अघिल्लो वर्ष तराईका केही जिल्ला डुबानमा परेयता गायक लामाले ’हण्ड्रेड मिलनहोम’ अभियान सुरु गरेको उनले बताए । सयवटा घर बनाईदिने अभियान अन्तर्गत हाल रत्ननगर नगरपालिका वडा नं ९ निवासी साउना महतोको घर निर्माण भईरहेको छ । उनको अभियानको यो आठौ घर हो । यस अभियानमा चितवन समाज जापानको बिशेष सहयोग रहेको गायक लामाले बताए ।

उसो त गायक लामा सन् २००६ देखि नै सामाजिक अभियानमा सक्रिय छन् । त्यतिबेला एक कार्यक्रमका लागि युके गएर फर्केपछि त्यहाँ र त्यसपछिका कार्यक्रमहरुमा प्राप्त भएका बक्सिस अर्थात अतिरिक्त आम्दानीबाट उनले चेपाङ समुदायका बिद्यालयहरुमा नगद, शैक्षिक सामाग्री, खेलकुद सामाग्री तथा अन्य सहयोग उपलब्ध गराउंदै आएका थिए । त्यसपछि उनको पछिल्लो प्रोजेक्ट ’हण्ड्रेड मिलन होम’ मा उनी अहोरात्र खट्दै आईरहेका छन् ।

गायक लामा अघिल्लो महिना मात्र एक साँगीतिक कार्यक्रमका लागि जापान आएका थिए । जापानमा उनको अभियानका लागि सहयोग गर्ने चितवन समाज जापान लगायत बिभिन्न ब्यक्ति तथा संस्थाहरुलाई गायक लामाले धन्यबाद ब्यक्त गरेका छन् ।
चितवनको दुर्गम बस्तीका विपन्नहरुका लागि गायक लामाले सुरु गरेको ’हण्ड्रेड मिलन होम’ अभियानको सह्राना गर्दै चितवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठले उक्त अभियानका लागि भविष्यमा पनि जापानबाट सक्दो सहयोग तथा सहकार्य रहने बताए । अध्यक्ष श्रेष्ठले अन्य राष्ट्रहरुमा रहेका चितवनबासी तथा अन्य नेपालीहरुको पनि गायक लामाको पवित्र अभियानमा सहयोग रहने अपेक्षा गरिएको बताए । उनले भने – ’उक्त अभियानका लागि भविष्यमा ’मिलन लामा एकल साँझ’ जस्ता बिशेष कार्यक्रमहरु विभिन्न देशमा आयोजना गर्ने बारे बिश्वब्यापी रुपमा छलफल भईरहेको छ, अभियानलाई अझ बिस्तार गरी सबै विकट क्षेत्रहरुमा पनि फैलाउन आवश्यक छ ।’
ं 

तपाईको प्रतिक्रिया