काठमाडौं – शान्ती लामा र देवेन्द्र सिंह ठकुरीको लोक दोहोरी गीत ‘स्वार्थी मान्छे…’ यूट्यूवमा सार्वजनिक भएको छ । गीतमा गणेश सिंह ठकुरी र करिश्मा बिसीको स्वर रहेको छ ।
माया प्रेममा हुने छल-कपटलाई समेटेर बनाइएको गीतमा देवेन्द्र सिंह ठकुरीको शब्द तथा बिनोद बाबु केसीको लय छ । गीतको बजार व्यवस्थापन मालती डिजिटल प्रालीले गरेको छ ।
गीतको म्युजिक भिडियोको निर्देशन कपिल लामाले गरेको हुन् भने सम्पादन दिपक विष्टको छ । सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोमा अनिसा र दिपेन्द्रको अभिनय छ । म्युजिक भिडियोको दृश्य निर्माण मालती पोड्क्सन हाउसले गरेको हो ।








