Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – गोरखाको भिमसेन गाउँपालिका-७ का ३५ वर्षीय कुमार रानामगर वैदेशिक रोजगारीका लागि २०७२ फागुनमा संयुक्त अरब इमिरेट्स जानुभयो । त्यहाँ गएको एक वर्ष नबित्दै उहाँ दुर्घटनामा पर्नुभयो । दुर्घटनाको जिम्मेवारी कम्पनीले लिएपछि रानामगर रिहा हुनुभयो । कम्पनीले अब कुनै पनि सजाय नहुने भनेपछि उहाँले ढुक्क भएर डेड वर्षसम्म सोही कम्पनीमा काम गर्नुभयो ।

अचानक सोही कम्पनीबाट रानामगरलाई हस्ताक्षर गर्नुपर्ने भन्दै अदालत पठाएको उहाँकी श्रीमती अम्बिकाले बताउनुभयो । उहाँ जेल पर्नुभयो । श्रीमान् जेल परेपछि परिवारको आयस्रोत गुमेको अम्बिकाले पीडा सुनाउनुभयो । ‘मलाई जसरी पनि जेलबाट निकाल्नु भन्ने खबर पठाउनुभएको छ,’ अम्बिकाले भन्नुभयो । उहाँ अहिले चितवनमा डेरा गरेर बस्दैआउनुभएको छ । आर्थिक अवस्था कमजोर भएपछि उहाँकी छोरीले पढाइलाई निरन्तरता दिन सक्नुभएको छैन । श्रीमती अम्बिका श्रीमान्को रिहाइको लागि चितवनदेखि काठमाडौँसम्म नियमित धाउँदै आउनुभएको छ ।

विसं २०७३ असारमा मगरले काम गर्ने कम्पनीको गाडीलाई रोकेर राखेकै अवस्थामा त्यहाँकै स्थानीयवासीको मोटरसाइकलले ठक्कर दिएको थियो । शुरुमा मिलापत्र भए पनि दुर्घटना भएको एक वर्षपछि मोटरसाइकल धनीले अदालतमा दुर्घटनाबापतको क्षतिपूर्ति पाउँ भनी निवेदन दिएपछि समस्या भएको हो । घाइते भएका स्थानीयवासीले मगरबाट ५० हजार रियाल क्षतिपूर्ति माग गरेका छन् । रकम जुटाउनकै लागि अम्बिका अहिले मन्त्रालय तथा विभिन्न ठाउँमा आठ महिनादेखि धाइरहनुभएको छ । उक्त रकम नजुटाए रानामगरलाई जन्मकैदको सजाय हुनसक्ने बताइएको छ ।

कन्सुलर सेवा विभागको तथ्यांक अनुसार २०७५ वैशाखसम्म युएईमा १८५, मलेसियामा १७१, कुवेतमा ७० र कतारमा ४५ जना नेपालीले जेल जीवन बिताउँदैआएका छन् । विसं २०७४ मा बहराइनमा ११, ओमानमा दुई, कोरियामा दुई र इजराइलमा दुई गरी कूल पाँच सय ६१ नेपालीले जेल जीवन बिताइरहेका छन् । ‘हामीले गम्भिर प्रकृतिका तथ्यांक मात्र राख्ने गरेका छौँ,’ विभागका प्रशासकीय प्रमुख गेहेन्द्र राजभण्डारीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया