Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका दुई सदस्य वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

दुवै नेता चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा कार्ल मार्क्सको जन्म द्वीशतवार्षिकीको अवसरमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन गएका हुन् । दुवै नेता ‘चाइना साउथर्न एयरलाइन्स’को विमानबाट चीन प्रस्थान गरेका हुन् ।

श्रेष्ठ र खनाल दुवै सो कार्यक्रमका वक्ता पनि हुन् । श्रेष्ठ जेठ १५ मा फर्किने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । खनालको भने फर्कने कार्यक्रम निश्चित भइनसकेको उहाँका स्वीकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया