Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – धादिङको ११ किलोमा ट्रक र बस आपसमा ठोक्किादा चालकसहित ११ जना घाइते भएका छन् । भरतपुरबाट आउँदै गरेको बा ४ ख ५१४२ नम्बरको बुद्ध ट्राभल्‍सको बसलाई काठमाडौंबाट जादै गरेको ट्रकले ठक्कर दिँदा चालकसहित एघार यात्रु घाइते भएका हुन ।

विपरीत दिशाबाट आउँदै गरेको बसले अर्को बसलाई ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो । घाइते चालक र यात्रुलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका असहय ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बसले जानी जानी ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो ।

तपाईको प्रतिक्रिया