Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – फिल्म ‘शत्रु गते’ले प्रदर्शन मिति नजिकिँदै गर्दा पोस्टर सार्वजनिक गरेको छ।

पोस्टरहरुमा फिल्ममा देखिने ३ पुस्ताका जोडीहरुलाई प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आँचल शर्माको जोडी देखाइएको छ।

मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौडेल लगायतको पनि अभिनय रहेको यस फिल्मको थिम अनुसार नै पोस्टर तयार गरिएको निर्देशक प्रदीप भट्टराईले बताए।

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीले तयार पारेका हुन्। संवाद भने निर्देशक र हरिवंशले संयुक्त रुपमा लेखेका हुन्।

फिल्म चैत ९ मा प्रदर्शन गर्ने तयारी छ।

तपाईको प्रतिक्रिया