Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

दिपक कंडेलको नया सन्देश मुलुक गीत भट्टि तिरै बास सार्वजनिक भएको छ। पछिल्लो समय एकपछि अर्को गीत सार्वजनिक भएसंगै हाल जापानमा रहेका सर्जक दिपक कँडेलको गीत भट्टीतिरै बासमार्फत फेरी सांगीतिक आकाशमा आएका छन ।जापान मै रहेर पनि गीतसङ्गीतमा कलम चलाइरहने सर्जक दिपक कंडेल यस अगाडि पनि विभिन्न गीतमा कलम चलाइ सकेका छन । हिरामोती , कठै मेरो जुनि, प्रदेश तिरै गयो , पैसा, विष, टोकियोको रोधि घरैमा जस्ता चर्चित गीतहरु सार्वजनिक गरि सकेका छन । सधै प्रदेशीका पिडा मार्फत उतार्ने दिपक कंडेल यस पालि छुट्टै गित सिर्जना गरेका छन । कुलतमा फसेका युबाहरु को कथालाइ विषयवस्तु बनाइएको छ । भर्खर मात्र बजारमा आएको सो गीत चर्चामा रहेको छ । जापानमा रहेका जानकारहरु भन्छन दिपकले आफ्नै कथा लेखेका हुन, या होइन भन्ने प्रश्नमा केहि बोलेका छैनन् ।
तेजश रेग्मी र प्रशान्त पौडेलको आवाजमा रहेको सो गीत सन्देश मुलक छ । गीतमा शब्द दिपक कँडेल र लय प्रशान्त पौडेलले बनाएका छन । गीतमा सुरविर पण्डित र कृष्ण आचार्यको अभिनय रहेको छ । गीतलाई दिपिका म्युजिकले बजार व्यवस्थापन गरेका छ भने गीतको म्युजिक भिडियो निर्देशन प्रेम थापाले गरेका छन ।

तपाईको प्रतिक्रिया