Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – एक समय थियो बिमाकुमारी दुराले गाएका  गीत भनेपछि  दर्शक स्रोता हुरुकै हुन्थे । लोक दोहोरी क्षेत्रमा दुराको  एकछत्रता जस्तै थियो  तर पछिल्लो समय उहाँले गाएका  गीत बजारमा कम आएका थिए । जापानमा रहेर पनि गीत संगीतमा  क्रियाशील परदेशी गायक रुपमा आफुलाई परिचित गराउनु भएका सूर्य  खड्काको साथमा दुराको स्वरले सजिएको फेरी सबैको मन छुने गीत  रिबन केसैमा एल्बम बजारमा आएको छ ।
यसो त पछिल्लो समय खड्काका एक पछि अर्को गीत निकै लोकप्रिय बन्दै गइरहेका छन । पुरानी तथा निकै चर्चित गायिका विमा कुमारी दुरा र सूर्य खड्काको आवाज रहेको सो गीत रिवन केसैले पनि पक्कै पनि सबै स्रोता दर्शकको मन जित्न सफल हुने छ ।

बिरहका गीत गाएर सबैलाई रूवाउने गायक खड्काले भर्खर मात्र सार्वजनिक गरेको गीति एल्बममा अति नै मार्मिक  शब्दहरु  पस्केका छन ।

“पुरानो सल धोएर नया,
कहिल्यै पनि हुदैन निरमया”
रिवन केशैमा……
भन्दै आफ्नो सुमधुर स्वरले साथ दिएकी छिन दुराले ।

शिव अखेलीले गीतमा उत्कृष्ट शव्द सिर्जना गर्नुभएको छ भने गीतको लय राजेन्द्र सापकोटाको रहेको छ । यो गीत गाँउदा विमाकुमारी दुरा साच्ची नै रोएको निर्माण युनिटले जनाएको  छ ।

गीतमा सूर्य खड्का र आशा खड्काको अभिनय रहेको छ । जनता डिजिटलले बजार व्यवस्थापन गरेको सो गीतको म्युजिक भिडियो निर्देशन सिर्जन बरालको रहेको  छ ।

https://www.youtube.com/watch?v=8tJydcd6F48

तपाईको प्रतिक्रिया