काठमाडौं – गायक बद्रि पंगेनी र प्रिया भण्डारीको प्रतिक्षित गीत कान्छी ओए कान्छी बजारमा आएको छ ।
एक नारायण भण्डारीको शब्दमा तयार भएको गीतमा माया गर्ने जोडिहरुविच भएको तानातान देखाउन खोजिएको छ । केटीको पछ्यौरी तान्ने र केटाको पाखुरा तान्ने कुरालाई आधार बनाएर गीत तयार पारिएको छ ।
शंकर विसीले निर्देशन गरेको म्युुजिक भिडियोमा रश्मी तामाङ र विसीले नै अभिनय गर्नुभएको छ । भने बाल कलाकारका रुपमा सुशिल सुर्यवंशी र दिपिका चौधरीको पनि अभिनय देख्न सकिन्छ ।
गीतलाई सितारा म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।








