Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो– जनवरी २८ तारिख मेगुरो कुमिन हलमा दर्शकले नायक निखिल उप्रेती र नायिकासँगै बसेर नेपाली फिल्म ‘पिंजडा ब्याक अगेन’ हेर्ने अबसर पाउने भएका छन् । उक्त शोमा निर्देशक हिमाल केसीसँगै अभिनेत्री सञ्चिता लुईंटेलको पनि उपस्थित हुनेछ । फिल्ममा सञ्चिताको भने अभिनय रहेको छैन ।
सामाजिक परिवेशलाई समेटेर तयार पारिएको सो चलचित्रको प्रर्दशनका लागि नायक उप्रेतीसँगै नायिका लुइटेल, डाइरेक्टर केसी सहितको टोली जापान आइपुगेको छ । जापान आए लगत्तै भएको पत्रकार सम्मेलनमा बोल्दै नायक उप्रेतीले आफ्नो चलचित्रको यात्रा पिंजडाबाट सुरु भई पिंजडासम्म नै आइपुगेको बताउँदा यो पिंजडाको सिक्वेन्सको रुपमा ‘पिंजडा ब्याक अगेन’ नभएको स्पष्टिकरण दिए ।
एक जना आवरा युवाले आफ्नो जीवनका बारेमा सोच्न नसकिरहेको र आफनो जीवनलाई अस्थिर बनाइरहेको मार्मिक कथावस्तुको सेरोफेरोमा रहेको यो चलचित्र जापानमा यस्तै कार्यका विरुद्धमा क्रियाशील युवाको संस्था क्लासिक युथ क्लब जापानले व्यवस्थापन गरेर प्रर्दशन गर्न लागेको हो ।
नेपाली दाजुभाइ दिदीबहिनीहरुसँगै बसेर जापानमा यो चलचित्र हेर्न पाउदा आफूलाई खुशी लागेको बताउँदै नायक उप्रेतीले चलचित्रले सामाजिक परिस्थिति र परिवन्धका कारण हरेक नेपाली पिंजडामा रहेको विषयलाई सजिव ढंगले उतारिएको बताउनुभयो ।
हाम्रो देश नेपाल रेमिटान्समा आधारित अर्थव्यवस्थामा चलिरहेको अवस्थामा पनि हरेक वर्ष ३० करोड भन्दा बढि रकम हिन्दी चलचित्र देखाए बापत् बाहिरिनु दुखद् पक्ष हो नायक उप्रेतीले भने हामी नेपालीको नेपाली नै चलचित्र हुनुपर्छ, नेपाली कलाकारलाई नै माया गर्न सकेको खण्डमा मात्र नेपाली चलचित्र उद्योगले फस्टाउने मौका पाउँदछ ।
नेपालमा हिन्दी चलचित्रलाई जसरी प्रमोट गरिएको छ त्यसले नेपाली चलचित्र र कलाकार संकटमा फस्दै गएको उनले बताए । जम्मा चार प्रतिशत नेपालीले नेपाली चलचित्र हेरेर कसरी यो उद्योगले फस्टाउने मौका पाउँछ उनको प्रश्न थियो ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका डाइरेक्टर हिमाल केसी र नायिका सञ्चिता लुइटेलले यो चलचित्र नेपाली माटो सुहाउदो बनेकाले जापानबासी नेपालीलाई एकपटक हेरिदिनका लागि अनुरोध गरेका थिए ।
क्लासिक युथ क्लब जापानको आयोजनामा भएको पत्रकार सम्मेलनमा इन्द्र भण्डारीले संस्थाको उदेश्य र चलचित्र जापानमा ल्याइनुका बारेमा जानकारी गराएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष विष्णु कार्कीको अध्यक्षता र दुर्गा खत्रीको संचालनमा भएको थियो ।
सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ । फिल्ममा समावेश भएका दुई गीत ‘कुकुकु’ र ‘तिमी नी आधा’ बोलका गीत हिट बनिसकेका छन । ‘पिंजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । फिल्ममा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । ‘पिंजडा व्याक अगेन’ निखिलको डेब्यु फिल्म ‘पिंजडा’को नेम सिक्वेल हो ।
फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । केही हप्ता अगाडि सडक दुर्घटनामा निधन भएकी विना थापाको पनि फिल्ममा अभिनय छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया