Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – नेपाल म्यूजिक भिडियो कलाकार संघको अध्यक्षमा शंकर वि.सी निर्वाचित हुनुभएको छ ।

राजधानीमा सम्पन्न संघको पहिलो साधारण सभाले मोडल अन्जु निरौलाले स्थापना गरेको संस्थाको साधारण सदस्यबाट नयाँ कार्यसमिती चयन गरेको हो । चर्चित मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षतामा ११ कार्यसमितिको चयन गरिएको हो ।

सस्थाको लागि उपाध्यक्ष चर्चित मोडल सम्झना बुढाथोकी, महासचिवमा चर्चित मोडल महेन्द्र गौतम, सचिबमा मोडल तथा संगीतब्यबासयी सुनिल लामिछाने, कोषाध्यक्षमा मोडल तथा संगीतब्यबासयी बाबुराम बोहरा, सदस्यहरुमा चर्चित मोडल सिभन पोख्रेल, चर्चित मोडल रन्जिता गुरुङ, चर्चित मोडल सारिका केसी, चर्चित मोडल मन्जिता केसी, चर्चित मोडल रश्मि तामाङ र चर्चित मोडल बिमल अधिकारी रहनु भएको छ ।

कार्यक्रममा नेपाली गीत संगीतका बिभिन्न बिधाका कलाकार र म्यूजिक भिडियो संग सम्बन्धित बिभिन्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया