Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

सक्छौं मलम बनिदेउ घाउमाथि
काँडा बनि नबिझाउ पाउमाथि
पलाउदैन रुख कहिल्यै काटेपछि जरा
बाँचुन्जेली पाइलै पिच्छै दुख दिँदै हिँडनेले मरेपछि ब्यर्थे किन भन्छौं कठैबरा

यी शब्द हुन भर्खरै मात्र बजारमा आएको लोकदोहोरी गीत कठैबरा हो । लोकसंगितमा फरकपन दिँदै आएका संगितकार रामु खड्काको लयमा तयार भएको कठैबरा बोलको गीत बजारमा आएको छ ।

बिष्णु माझी र विज्ञान रोकायको आवाजमा रहेको यो गीत पनि एकदमै मिठो बनेको छ । कपिल लामाको निर्देशन रहेको यस गीतमा पछिल्लो समय निकै दर्शक स्रोताले रुचाएको जोडी सारिका के.सी र बिमल अधिकारीको अभिनय रहेको छ ।

शब्द भने डम्बर चन्द ठकुरीेले लेख्नुभएको हो । मालती डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको यो गीत प्रितम बुढाथोकीको हो ।

स्मरण रहोस, यसअघि बजारमा आएका रामु, बिमल, सारिका र कपिलको सहकार्य रहेकोे थुप्रै गीतले युटुवमा राम्रै रेकर्ड राख्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया