Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

मुम्बई – व्यावसायिक रुपमा निकै सफल मानिएको बलिउड चलचित्र बाहुबलीको दोस्रो शृंखला अर्थात् ‘बाहुबली–२’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार युट्युवमा ट्रेलर सार्वजनिक गरिएको हो ।
यसका अतिरिक्त दक्षिण भारतका तीन सय सिनेमाघरमा पनि बिहीबारबाटै यो ट्रेलर प्रदर्शन गरिएको छ । युट्युवमा यो चलचित्रको ट्रेलरले निकै लोकप्रियता पाएको छ । ट्वीटरमा पनि ‘बाहुबली–२’ को ट्रेलरले राम्रो ‘ट्रेन्ड’ गरिरहेको छ । ट्रेलर सार्वजनिक भएको केही घण्टामै यसका दर्शकको संख्या चार लाख नाघेको छ । चलचित्र २८ अप्रिलमा प्रदर्शन गरिने बताइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया