Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – निर्देशक लक्ष्मण रिजालको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो गीतले फिल्मको मुख्य भाव झल्काउने प्रयास गरेको छ। काली प्रसाद बास्कोटाको शब्द र संगीतमा तयार गीतमा गांगा सोनाम र करण परियारको स्वर सुन्न सकिन्छ।

गीतको भिडियोमा विपिन कार्की र केकी अधिकारी नवविवाहित जोडीका रूपमा प्रस्तुत छन्। उनीहरूको दैनिकी, प्रेम र गाउँघरको जीवनशैलीलाई चित्रण गरिएको छ। बिहानको पूजादेखि खेतबारीको कामसम्मका दृश्य समेटिएका छन् भने कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा विपिन र केकीसहित अन्य कलाकारहरूको पनि अभिनय छ। सामाजिक र भावनात्मक कथामा आधारित फिल्मले सम्बन्ध, माया र जिम्मेवारीका पाटाहरू देखाउने लक्ष्य राखेको छ। फिल्म जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

तपाईको प्रतिक्रिया