Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – सुनको भाउ यो हप्ता समग्रमा चारसय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार अन्तिम दिन ५५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

शुक्रबारको भाउ बिहीबारको भन्दा २ सय रुपैयाँले बढी हो । बिहीबार सुनको भाउ तोलामा ५५ हजार ६ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएकाले भाउ अझै केही बढ्न सक्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको भाउमा भने कुनै घडबढ भएको छैन । बिहीबार जस्तै चाँदी शुक्रबार तोलाको ८२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया