Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

फिलिपिन्स – फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ सहरमा गएको ६.७ म्याग्निच्यूडको भूकम्पका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।

हिजो गएको भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दू जमिनबाट १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पपछि ९० भन्दा बढी पराकम्पनको धक्का महसुस गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया