Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

लिस्बन – लिस्बनमा नेपाली झण्डाको अपमान गरिएको भन्दै एनआरएन र कन्सुलेटको चासो देखाएको छ । लिस्बन स्थित एक ट्राभल एजेन्सीले आफ्नो ब्यवसायको ब्यानर, पोस्टर र भिजिटिङ कार्डमा नेपालको झन्डालाई भारतको झन्डा भित्र राखेकोमा एनआरएन र कन्सुलेटको चासो देखाएको हो ।

उक्त एजेन्सीलले नेपाली भण्डाको अपमान गरेको विरोधमा गैर आवासीय नेपाली संघ पोर्चुगल र नेपाली कन्सुलेट लिस्बनको तर्फबाट चासो ब्यक्त गर्दै एक टोली बुधबार हफिज ट्राभलमा पुगेको थियो ।

टोलीले नेपाली भण्डाको अपमान नगर्न आग्रह गरेपछि ट्राभल एजेन्सीलका संचालकले भूलबस यस्तो गल्ति भएको स्वीकार गरेको एनआरएन पोर्चुगलका अध्यक्ष भीम कसी कमलले जानकारी दिनुभयो ।

उहाका अनुसार ट्राभल एजेन्सीलका संचालकले अब देखि यस्तो गल्ती नगर्ने र प्रयोजनमा ल्याइएको सम्पूर्ण सामाग्री तुरुन्त हटाउने बताएका छन ।

तपाईको प्रतिक्रिया