Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – भारतमा भूकम्पको धक्का महसुस गरिएको छ । दिल्लीसहितका ठाउँमा भूकम्पको धक्का महसुस भएको हो । सोमबार राति १० बजेर ४९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भारतको मौसम विभागले जनाएको छ । तर अमेरिकी भूगर्भ विभिग युएसजिएसले भने ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प रहेको बताएको छ ।

दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पका कारण भएको क्षतिको विवरण हालसम्म आएको छैन ।

तपाईको प्रतिक्रिया