लिस्बन – नेपाली नयाँ बर्ष २०७४ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्वव्यापी खुल्ला गजल प्रतियोगिताको आयोजना गर्ने भएको छ । 
दुई चरणमा छनौट प्रक्रिया रहेको उक्त प्रतियोगितामा पहिलो चरणमा उत्कृष्ट १० गजल घोषणागरि सार्बजनिक गरिने र दोस्रो चरणमा उत्कृष्ट १० गजल मध्यबाट पहिलो , दोस्रो र तेस्रो घोषणा गरिने छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने गजलका लागि क्रमस २० हजार, १० हजार र ५ हजार नगदको साथमा प्रमाण-पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिनका लागि नेपाल लगायत विश्वभरिका नेपाली भाषी गजलकारहरुले आफ्नो फोटो, इमेल, आफू बसेको ठाउँको ठेगाना र सम्पर्क मोबाईल न. सहित कही कतैबाट साभार नभएको अ-प्रकाशित गजल आयोजकले दिएको ठेगानामा २०७३ चैत्र १७ भित्र पठाउनु पर्ने छ ।
आयोजकका अनुसार गजल पठाउनको लागि २०७३ चैत्र १७ गते अन्तिम समय तोकिएको छ भने इमेल [email protected] र फेसबुक पेज INLS portugal मा पनि पठाउन सकिनेछ । प्रतियोगितामा एक व्यक्तिको एक भन्दा बढि गजल समाबेश नगरिने आयोजकले जनाएको छ ।








