Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – अफगानिस्तान तथा पाकिस्तानमा हिमपात तथा हिमपहिरोका कारण एक सय भन्दा धेरै मानिसको ज्यान गएको छ । लगातारको हिमपात तथा हिमपहिरोका कारण अफगानिस्तानमा पछिल्लो तीन दिनमा एक सय भन्दा धेरैको ज्यान गएको हो । 

त्यसमध्ये १६ जनाको राजधानी काबुलको उत्तरी क्षेत्रमा गएको हिमपहिरोमा परि ज्यान गएको हो । यस्तै पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको उत्तरपूर्वी राज्य नुरिस्तानमा हिम पहिरोमा परि ४५ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । पाकिस्तानमा पनि हिमपहिरोमा परि १३ जनाको ज्यान गएको छ । त्यसमध्ये ९ जनाको चितराल शहरमा ज्यान गएको हो ।

हिमपहिरोका कारण धेरै घरमा क्षति पुगेको बताईएको छ । धेरै मानिस घरमै फसेका छन् । हिउँका कारण यातायात सेवा रोकिएको छ भने सयौं गाडी बाटोमै रोकिएका छन् । अफगानिस्तान तथा पाकिस्तानका उच्च पहाडी क्षेत्रको जनजीवन निकै कष्टकर भएको छ ।

तपाईको प्रतिक्रिया