Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – शरणार्थी आदानप्रदानसम्बन्धी अष्ट्रेलियासँगको एउटा सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विवेकहीन सम्झौताको संज्ञा दिनुभएको छ । सम्झौताको विषयमा ट्रम्प र अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलबिच टेलिफोन वार्तामा चर्काचर्की समेत परेको बिबिसीले जनाएको छ ।

ओबामा प्रशासनले गरेको सम्झौताको भविष्यबारे स्पष्ट हुन अष्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको हो । मुस्लिम समुदायको बाहुल्यता रहेका सात देशका शरणार्थी लगायतमाथि अस्थायी रुपमा अमेरिका प्रवेशमा रोक लगाउने गरी ट्रम्पले कार्यकारी आदेश जारी गरेपछि टर्नबुल ओबामा प्रशासनले गरेको सम्झौताबारे अमेरिकी राष्ट्रपति ट्रम्पबाट आश्वस्त हुन चाहानुहुन्छ ।

तर ट्रम्पले त्यो सम्झौतालाई अहिलेसम्मकै खराब सम्झौता भन्नुभएको छ । अष्ट्रेलियाली बन्दीगृहबाट १२ सयभन्दा बढी शरणार्थीलाई अमेरिकामा पुनर्वासका लागि लग्ने सहमति ओबामा प्रशासनले गरेको थियो ।

तपाईको प्रतिक्रिया