काठमाडौं – इन्डोनेसियाका १ सय ३० जना यात्रीहरु सवार एक विमान धावनमार्गमै आज दुर्घटनाग्रस्त भएको छ ।

अत्याधिक वर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक ‘वोइङ ७३७–८००’ दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएका छन् ।








