Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

क्युबेक – क्यानडाको एक मस्जिदमा अन्धाधुन्ध प्रहारबाट कम्तिमा पाँच जनाको ज्यान गएको छ ।

क्युबेक शहरमा रहेको मस्जिदमा गोली हानाहान भएको हो । क्युबेकमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

साँस्कृतिक केन्द्रले आफ्नो फेसबुक पेजमा प्रहरी मस्जिद बाहिर रहेको भिडियो पोस्ट गरेको छ र उसले केहीको ज्यान गएको उल्लेख गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । तर घटनामा कति जनाको ज्यान गयो र कति घाइते भए भन्ने बारे केही जानकारी दिएको छैन ।

तीन जना बन्दुकधारीले मस्जिदमा पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । केन्द्रले सञ्चालन गरेको दुई मध्ये सेमिन सेन्ट–फोय मस्जिदमा आक्रमण भएको हो । घटनापछि त्यसक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

तपाईको प्रतिक्रिया