Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक विद्रोहीलाई अमेरिकाबाट बाहिर राख्नका लागि नयाँ योजना ल्याएको बताउनुभएको छ ।

रक्षा मन्त्री जेम्स म्याट्टिसले शपथ ग्रहण गरेपछि पेन्टागनमा भएको विशेष कार्यक्रमका बिच राष्ट्रपति ट्रम्पले कट्टर इस्लामिक विद्रोहीलाई अमेरिकाबाट बाहिर राख्ने सम्बन्धी निर्देशनमा हस्ताक्षर गर्नुभएको हो । ट्रम्पले योजनाका बारेमा विस्तृत विवरण दिनुभएको छैन ।

तर एक टेलिभिजन अन्तर्वाताको क्रममा उहाँले नयाँ योजना अनुसार आप्रवासीको रुपमा बस्न चाहने सिरियाली मध्ये इसाइ धर्मावलम्बीलाई प्राथमिकता दिइने बताउनुभयो । यस्तै अरु ६ मुस्लिम देशका नागरिकलाई पनि अमेरिका प्रवेशमा कडाइ गरिने उहाँको भनाई छ ।

पेन्टागनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई समर्थन गर्ने र अमेरिकी नागरिकलाई माया गर्नेलाई मात्रै अमेरिका प्रवेश गर्न दिइने बताउनुभयो । ट्रम्पले आफ्नो देशमा आउने आप्रवासीमाथि कडा जाँच गर्न निर्देशन पनि दिनुभएको छ ।

तपाईको प्रतिक्रिया