Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले माओवादी केन्द्रको पार्टी कार्यालयका लागि पाँच कट्ठा ऐलानी जग्गा भोगचलन गर्न दिएको तथ्य सार्वजनिक भएको छ ।

वीरगन्ज उपमहानगरपालिका कार्यालय वडा नम्बर १७ मा अवस्थित किता नम्बर ७५ मध्येको पाँच कट्ठा ऐलानी जग्गा माओवादी केन्द्रको पार्टी कार्यालयका लागि ५० वर्षसम्म लिजमा दिने निर्णय समितिले गरेको आजको अन्नपूर्ण दैनिकमा खबर छ । प्रजिअ घिमिरे संयोजक रहेको समितिले एक दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको पर्खालछेउमै रहेको उत्त ऐलानी जगा माओवादी केन्द्रको पार्टी कार्यालय सञ्चालनका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।

निजी भवन वा जगा नहुँदा पार्टी सञ्चालनमा अतिनै कठिनाइ भएकाले जग्गा उपलब्ध गराइदिन भन्दै माओवादी केन्द्रको जिल्ला कार्यसमितिले गत आइतबार प्रजिअ घिमिरे संयोजक रहेको समितिलाई निवेदन दिएको थियो । निवेदन पाएको दिन नै प्रजिअ घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त जग्गा केन्द्रलाई दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रलाई ऐलानी जगा दिने निर्णयको एमाले र मधेसी मोर्चाले विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया