Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई – नेपाली समाज यूएईले साधारण सदस्य बनेका भाग्यशाली नौ सदस्यलाई पुरस्कृत गरेको छ । हरेक वर्ष नेपाली समाज यूएईले साधारण सदस्य बनेकाहरु मध्येबाट भाग्यशाली पुरस्कार वितरण गर्ने गरेको छ ।
यस वर्षका भाग्यशाली नौ पुरस्कृत सदस्यहरुलाई गत २५ डिसेम्बरमा आयोजना गरिएको क्रिसमश तथा नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमका बीच पुरस्कार वितरण गर्‍यो । पुरस्कृत हुने पदम कार्कीले प्रथम स्थान हाँसिल गरि पुरस्कार स्वरुप नेपालको लागि दुई तर्फी हवाई टिकट पाउनु भयो भने द्वितीय हुने बेदप्रकाश अर्यालले ल्यापटप उपहार पाउनु भयो । त्यस्तै, अन्य ७ जनामध्ये राम थानी, दलबहादुर गुरुङ, अर्जुन लामिछाने, मोहनलाल श्रेष्ठ र साहिला तामाङले मोवाइल उपहार पाउनु भयो भने तिल बिक्रमले राइसकुकर र दलबहादुर धिमालले आईरन उपहार पाउनुभयो ।

Nepali Samaj 1विगत २५ वर्ष अघि स्थापना भएको नेपाली समाज यूएईले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सामाजिक कार्यहरु गर्दै आएको छ । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले समाजलाई माया गर्नेहरुको संख्या बढ्दै गएको भन्दै यस्ता माया गर्ने व्यक्तिहरुलाई समाजले यसैगरि पुरस्कृत गर्दै जाने र आफूहरुलाई सामाजिक काम गर्न थप हौसला मिलेको पनि बताउनु भयो । कार्यक्रममा बिशेष अतिथिमा नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यवाहक अध्यक्ष त्रिलोचन कोइराला, नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसी र व्यवसायी तथा बिजनेश काउनशिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा रहनुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव मणिप्रसाद भुर्तेलले गर्नु भएको थियो ।
नेपाली समाज यूएईले स्थापनाकालदेखि नै यूएईस्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा नेपालीहरुलाई परिआएको समस्याहरुको समाधानप्रति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया