Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

बेलायत– नेपाल र बेलायतबीच दौत्य सम्वन्ध स्थापना भएको दुई शताव्दी पुगेको अवसरमा आयोजिक कार्यक्रममा सहभागी हुन बेलायतको लण्डन पुग्नुभएका नेपाल सरकारका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले बिरोधको सामना गर्नुपरेको छ ।

नेपालमा जारी भएको संविधान, आदिवासी जनजातीको हितमा नभएको भन्दै करिव ३ दर्जनको सङख्यामा आदिवासी जनजातिहरुले दुतावासको गेटमा ब्यानर र प्ले कार्ड सहित बिरोध प्रदर्शन गरेका थिए । मन्त्री थापालाई युकेमा स्वागत छैन, संविधानको पूर्नलेखन गर, तराईमा मच्चाएको नरसंहार बन्द गर, तराईको जारी आन्दोलनमा मारिएका ५५ जनालाई न्याय देउ लगायतका नाराहरु लेखिएको प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

प्रदर्शनकारीहरुले मन्त्री थापालाई बुझाउन तयार गरिएको विरोधपत्र कार्यबाहक राजदुतलाई बुझाएका थिए ।

नेपाल आदिवासी जनजाति महासङ्घ युकेको आयोजनामा सम्पन्न विरोध कार्यक्रममा नेपाली सङ्घीय समाज, गणतान्त्रिक जनमुक्ति समाज, सङ्घीय लिम्बुवान समाज (लिङदेन पक्ष) का पदाधिकारीहरुको उपस्थिति थियो । वर्तमान सरकारको रवैया र त्रुटीपूर्ण संविधान जारी गरेका कारण विरोध गरेको आदिवासी जनजाती महासङघ अध्यक्ष तुल छन्त्यालले बताउनु भयो । वर्तमान सरकार विरुद्ध यो पहिलो चरण विरोध मात्र भएको तथा आन्दोलनको दोस्रो र महत्वपूर्ण चरण शुरु भईसकेको महासचिव कर्म पहाडी शेर्पाले बताउनु भयो ।

मन्त्री थापा नेपाल वेलायत सम्बन्धको २ सयौं बर्षगाँठ मनाउन नेपाल सरकारको तर्फबाट लण्डन पुग्नुभएको थियो । बर्षगाँठको कार्यक्रम गत १६ डिसेम्बरका साँझ सम्पन्न भएको थियो । युके सरकारबाट आयोजित बर्षगाँठ समारोहको स्वागत ढोकामा विरोध गरेर बसेका सङ्घीयवादी मोर्चा तथा मधेसीहरुको कारण मन्त्री थापा पछाडिबाट सुटुक्क प्रवेश गर्नुभएको थियो । बर्षगाँठ समारोहमा भूतपूर्व गोर्खाजन्य कुनैपनि संस्थाका पदाधिकारीहरु उपस्थित भएनन् ।

तपाईको प्रतिक्रिया