Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दिल्ली– भारतमा रहेका नेपालीहरुको संस्था देशभक्त युवा समाजले एक असहाय नेपाली महिलाको उद्धार गरेको छ । पति बेपत्ता भएपछि असहाय बनेकी गुल्मी जिल्ला दोहली गाबिस–१ की ऋतु जिसीलाई नाथुपुर गुडगाव हरियाणाबाट उद्धार गरिएको हो ।

छ महिनाको गर्भवती अवस्थामा श्रीमान ३४ बर्षिय रामबहादुर जिसीले जवर्जस्ती यौन सम्पर्क गरेपछि पतिपत्नीबीच विवाद बढेको थियो । पेटको बच्चालाई असर परेमा प्रहरीमा उजुरी गरिदिने श्रीमतीको धम्कीपछि १३ नोबेम्बर २०१५ को दिन रामबहादुर चुपचाप दिउसो घरबाट निस्किएका थिए । २५ दिन बितिसक्दा सम्पर्कबिहीन भएपछि श्रीमती ऋतुले श्रीमान खोजिदिन नेपाली देशभक्त युवा समाजमा निवेदन गरेकी थिईन ।

नेपाली समाजले गुडगाउँ प्रहरीमा निवेदन गरि रामबहादुरको खोजी तीव्र पारेपनि भेट्न सकिएको छैन । श्रीमती ऋतुलाई भने समाजको पहलमा नेपाल पठाइएको छ । श्रीमानले नै छोडेर बेपत्ता भएपछि आर्थिक अभावका कारण भारतमा बस्न नसक्ने भएपछि उनकै आग्रहमा बुद्द एड्वेन्चर टुर एण्ड ट्राभल्सले उपलब्ध गराएको निःशुल्क सुविधामा उनी नेपाल आएकी हुन । ***

IMG_20151206_072643077

रामबहादुर र ऋतु दुवैजनाले दोस्रो विहे गरेर भारत पलायन भएका थिए । स्कुले जीवनदेखि नै रामबहादुरसंग माया प्रेम रहेको बताउने ऋतु अहिले कसैलाई यति धेरै विश्वास गरेर धोका पाएकोमा पछुतो मानिरहेकी छिन । उता रामबहादुरका परिवारले आफ्नो छोरा वेपत्ता पारेको अभियोग ऋतुमाथि लगाएको छ । गुडगाउँ प्रहरीले रामबहादुरको मृत्यु नभएको बरु कतै लुकेर बसेको अनुमान गरेको छ । रामबहादुर हराउनुमा र भोलिका दिनमा उनलाई केहि भएमा ऋतु कुनै जिम्मेबार नहुने ब्यहोरा सहित गुडगाउँ प्रहरीले जिल्ला प्रशासन कार्यलय गुल्मीलाई पत्र लेखेर ऋतुकै साथमा पठाएको छ ।

हराएका रामबहादुर जिसीलाई फेला पार्नुहुने जो कोहिले उल्लिखित नम्बरमा सम्पर्क गरिदिन तथा नजिकको प्रहरी कार्यलयमा खवर गरिदिन आफन्तले आग्रह गरेका छन ।
९७७–९८२१९६२६८१, ९१ ९८७१४८५८३६, ९५६०१२२२७५

तपाईको प्रतिक्रिया