Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

अष्ट्रेलिया– भारतले नेपाली सीमानाका बन्द गराएको बिरोधमा अष्ट्रेलियामा रहेका नेपालीहरुले राजधानी क्यानवेरास्थित संसद भवनबाहिर प्रदर्शन गरेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनको आह्वानमा क्यानवेरामा रहेका सयौंको सङ्ख्यामा नेपाली नागरिकहरुले संसद भवन बाहिर करिव दुई घण्टा प्रदर्शन गरेका थिए । भारतीय नाकाबन्दीको बिरोध गरिएका प्लेकार्ड बोकेर राष्ट्रिय झण्डा सहित प्रदर्शनमा सहभागी भएका नेपालीहरुलाई अष्ट्रेलियाली सांसदहरुले चासोपूर्वक हेरेका थिए । कतिपयले प्रदर्शनस्थलमै आएर चासो राखेका थिए ।

संसद भवनमा प्रदर्शन गरेपछि नेपालीहरुले क्यानवेरामै रहेको भारतीय दूतावास अगाडी पनि प्रदर्शन गरेका थिए । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नाकाबन्दी बिरुद्ध संकलन गरेको हस्ताक्षर भने भारतीय दुतावासले बुझ्न अस्वीकार गरेको थियो ।

यसअघि अष्ट्रेलियाको ६ वटै शहरमा भारतीय नाकाबन्दीको बिरोधमा नेपालीहरुले प्रदर्शन गरेका थिए । डर्विनमा आयोजित प्रदर्शनमा त्यहाँका सांसदहरुले नेपालीहरुको ज्ञापनपत्र बुझेका थिए । एनआरएनको आह्वानमा अमेरिका, युरोप तथा एशियामा बिभिन्न मुलुकमा रहेका नेपालीहरुले भारतीय नाकाबन्दीको बिरोध गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया