खोटाङ– खोटाङको दक्षिणी गाविस सिम्पानीका पहिरो बाढी तथा पीडित ५९ घर परिवारलाई ‘खोटाङ सेवा समाज युके’ले करिव २ लाख सहयोग गरेको छ ।
गत भदौ १६ गतेको पहिरोमा परि घरबार बिहीन भएका ४ घर परिवारलाई प्रतिपरिवार १५ हजार १ सय ५०, दुई परिवारलाई चार हजार ५ सय तथा ५१ घरपरिवारलाई प्रतिपरिवार २ हजार ५ सय का दरले वितरण गरिएको स्थानीय दीपबहादुर थापाले जानकारी दिनुभयो । दैनिक जीवनयापन सहज बनाउन बाढी पहिरो पीडितलाई रकम सहयोग गरेको खोटाङ सेवा समाज युकेका कोषाध्यक्ष प्रसाद राईले बताउनुभयो । गत भदौ १६ गतेको पहिरोले सिम्पानी ८ अदुवाबारीका २५ घर, तारेभीरका १५ घर, ओखरबोटेका ५ घर र कात्तिकेका ७ घर परिवार पहिरोमा परि विस्थापित भएका थिए ।
तपाईको प्रतिक्रिया








