Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

साथमा शुभकामना आदानप्रदान कार्यक्रम पनि
दुबई– आगामी १६ अक्टोबर शुक्रबारका दिन दुबईको झिलीमिली रमाइलो सहरको बिचैबिचमा पर्ने अति नै हरियो र सुविधा भएको जाविल पार्कमा नेपालीहरुको ठूलो पर्व वडा दसैंको शुभकामना आदानप्रदानका साथ विविध साँस्कृतिककार्यक्रम सहित भव्य वनभोज कार्यक्रम गरिने भएको छ । सो कार्यक्रम सिन्धुपाल्चोक सेवा समाज युएईद्वारा दसैंको अवसरमा गर्न लागिएको हो ।

पूर्खादेखि चालिआएको रितीरिवाज र परम्परा अनुसार मनाइने वडा दसैंलाई युएईस्थित कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीरुलाई एक साथ सामुहिक जमघट गराई मनाउन लागिएको हो । त्यसै पनि दशैंमा छुट्टीमा घर जानेहरुको धुइरो रहन्छ । जो घर जाँदैनन् उनीहरुको लागि राम्रो मौका बनेको पाइन्छ । दैनिक आ–आफ्नो ड्यूटीमा व्यस्तता रहेता पनि सार्वजनिक विदाका दिन रमाइलो गरी पर्व मनाउन पाउँदा घरको तिर्सना भुलेर रमाएको देख्न सकिन्छ ।

त्यस दिनको अझै मूख्य आर्कषक विभिन्न नेपाली परिकारका खानाका साथ सेलरोटी र आलुको अचार रहने छ । सँधैभरी खरको खाना खाई रहनेहरुलाई नेपाली परिकारले नौलो स्वाद दिलाउने आशा गरिएको छ । कार्यक्रमलाई स्वादिलो, रोचक र मनोरञ्जनात्मक बनाउनको लागि आयोजक टिम संशक्त रुपमा लागि परेको सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष विदुर न्यौपानेले बताउनु भएको छ ।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुतिमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । यस्ता खालका कार्यक्रमहरुले केवल मनोरञ्जन र पर्वको रुपमा मात्र नभएर नेपाली संस्कृतिको उत्थान गर्नुका साथै एकआपसमा भाईचारा र सत्भावको बिकास बढाएको पाइन्छ । यसै समाचारलाई आधार मानेर सो अवसरमा उपस्थित हुनका लागि आयोजकले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया