लन्डन- लन्डन वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमि किरात राई हाउस, ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा छैटौं अधिवेशन सम्पन्न भएको छ ।
निर्वाचन समितिका प्रमुख पूर्व जिल्ला सभापति रत्न राईले नवनिर्वा्चित कार्यसमितिलाई संस्थाको शपथ ग्रहण गराउनु भएको थियो ।किराँत राई यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका प्राध्यापक तथा किराँत राई यायोक्खा केन्द्रिय कार्य समिति नेपालको पूर्व अध्यक्ष श्रीमती सुमाया राई, विशेष अतिथिहरुमा पूर्व प्रमुख जिल्ला अधिकृत श्री प्रेम बान्तवा र किराँत राई यायोक्खा केन्द्रीय कार्य समिति नेपालको सहकोषाध्यक्ष श्री अशोक राईको उपस्थित रहेकोे थिए ।
प्रमुख अतिथि लगायत अतिथिहरू र यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईद्वारा सयुक्त रुपमा पानशमा दिप प्रज्जलन गरी नेपाली राष्ट्रिय गानबाट थालनी गरिएको कार्यक्रमलाई औपचारिक रुपमा यायोक्खा बेलायतका सचिब चन्द्रवती साम्पाङ्गले सञ्चालन गर्नु भएको थियो ।
नव गठित किराँत राई यायोक्खा बेलायतको प्रत्याशी उम्मेदवारहरुविच सहमति अनुसार किराँत राई यायोक्खा बेलायतको अध्यक्ष पदमा पदम राई, उपाध्यक्ष पदमा चन्द्र बहादुर राई, सुमन साम्पाङ्ग, दिवाकर साम्पाङ्ग र, महासचिब जितेन्द्र साम्पाङ्ग, सचिब श्री चन्द्रवति साम्पाङ्ग र सनविर राई, कोषाध्यक्ष डम्बर राई चयन भएका छन् ।
सहकोषध्यक्षमा श्री निलम रुङ्माङ , सदस्यहरुमा दयासागर रुङ्माङ ,विनोद रुङ्माङ , भुमिराज रुङ्माङ , धनराज राई, धुब्र राई, श्री पर्मिला राई,अनिता राई, मेजर भुपजित राई, मेजर दिलकुमार राई, धर्म केसर राई, देविराम राई, ईश्वर चन्द्र राई, हेम कुमार राई, योगेश राई, दिलिप राई र चुनिएका छन् ।








