लण्डन – लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल टिभीले गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको उम्मेदवारहरु विच हालै सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरेको छ ।
एनआरएन बेलायतको आगामी निर्वाचनमा अध्यक्षका प्रत्याशीहरु क्रमशः विश्वासदिप तिगेला, योग फगामी र हिराधन राई त्यस्तैगरी उपाध्यक्षका प्रत्याशीहरु मास्टर राष्ट्र राई, कुमारी गुरुङ, र सनत गुरुङ, सचिब पदका उम्मेदवार खुशी लिम्बु लगायतका उम्मेदवारहरुले आ-आफ्नो चुनाबी प्रतिवद्घता, उम्मेदवार हुनका कारण र आफ्नो योजनाहरु व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थित सर्बसाधारणहरुले आफ्नो जिज्ञासा अत्यन्त चासोपूर्वक उम्मेदवारहरुमाझ राखेका थिए । बहस कार्यक्रमलाई गोर्खा च्यानल र रेडियो राईनोले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रममा बेलायतको नेपाली समुदायमा ‘हाम्रोलाई हैन राम्रोलाई’ आगामी १३ सेप्टेम्बर हुने छैटौं अबिधेशनमा आफ्नो अमुल्य मत दिएर विजय गराउन आग्रह गरिएको थियो । ***









