वाशिंगटन डिसी – अमेरिकाको न्यूयोर्क स्थित नमस्ते चौतारी रेस्टुरेन्टमा अब देखि दोहोरी साँझ शुरु हुने भएको छ ।
नेपालका चर्चित दोहोरी कलाकारहरु संगिता थापा मगर, निशा सुनार, बिमल डांगी, मधुर गिरी, संगिता डांगी, राज कपुरको साथमा नेपाली टिपिकल र मौलिक संस्कृती झल्किने गरी यही अगश्त २१ शुक्रबार साँझ दोहोरी साँझ उदघाटन हुने भएको छ ।
हप्ताको हरेक शुक्रबार देखि सोमबार सम्म बेलुकी ८ बजे देखि रातिको १ बजे सम्म ग्राहकहरु दोहोरीमा रम्न सकिने कुरा नमस्ते चौतारीका संचालकहरु सोमनाथ घिमिरे, प्रेम पौडेल र बिबेक पौडेलले बताए । ***








