Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

फ्रयान्कफर्ट (जर्मनी)– गैर आवासीय नेपाली संघ, जर्मनीको आगामी नेतृत्व सहमतिको आधारमा चयन गर्ने प्रयास भएको छ।

गैर आवासीय नेपाली संघ, राष्टि«य समन्वय परिषद, जर्मनीले फ्रयान्कफर्टमा आयोजना गरेको ‘एनआरएनएको आगामी आसन्न निर्वाचन र नेतृत्व चयनको सवाल’ विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले एनआरएनए जर्मनीको आगामी नेतृत्व गैर राजनीतिक हुनुपर्ने र सहमतिको आधारमा छनौट गरिनुपर्ने आवाज उठाएका हुन।

एनआरएनए केन्द्रीय समितिका अध्यक्ष शेष घले, महासचिव कुमार पन्त, एनआरएनएका निवर्तमान अध्यक्ष जीवा लामीछाने, एनआएनएका प्रमुख संरक्षक रामप्रताप थापा, लगाएतका सहभागीहरुले एनआरएनए, जर्मनीको आगामी नेतृत्व विवादरहित हुनुपर्नेमा जोड दिएका हुन।

photo_06_nrnaकार्यक्रममा उपस्थित प्राय सबै सहभागीहरुले गैर आवासीय नेपाली संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी फेरि पनि शेष घलेलेनै लिनुपर्ने सुझाव दिएका थिए। घले नेतृत्वमा राम्रा कामको सुरवात भएको भन्दै उक्त कामलाई निरन्तरता दिन फेरि पनि घलेले नेतृत्व सम्हाल्नुपर्ने धारणा सहभागीहरुले औल्याए ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेले नेपालमा भुकम्प पीडितलाई सहयोग गर्ने दौरानमा जर्मनीबाट आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा गएर प्रत्यक्ष संलग्न भई सहयोग गर्ने व्यक्तिहरु तथा एनआरएनएका पदाधिकारीहरुलाई खादा ओढाएर अभिनन्नदन गर्नुभएको थियो।

photo_nrna_01कार्यक्रममा महासचिव कुमार पन्त, सल्लाहकार दिल गुरुङ, महिला कोर्डिनेटर सपीला राजभन्डारी वर्तमान आइसिसी सदस्य दावा शेर्पा र आइसीसी सदस्य युके कुल आचार्य, एनआरएनए जर्मनीका संरक्षक पुष्प थापा, निर्वतमान आइसिसी सदस्य सन्तोष भटराई, बिशिष्ठ संरक्षक विजय मोक्तानलगायतले पनि मन्तव्य राख्नुभयो ।

तपाईको प्रतिक्रिया