Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

युएई– सुदूरपश्चिम सेवा समाज युएईको सारहजा आजमान क्षेत्रीय समिति गठन भएको छ ।

समाजका केन्द्रीय अध्यक्ष शिवराज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दानबहादुर चन्दको अध्यक्षतामा ९ सदस्यीय क्षेत्रीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा काशी सिंह गोयता, सचिवमा देवलाल जोशी, सहसचिवमा देवराज सुवेदी, कोषाध्यक्षमा सुरेन्द्र पाल चयन भएका छन् ।

सदस्यहरुमा महानन्द जोशी, सुवास बडेला, तेजसिंह ऐन, दिनेश ऐर छन् ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष जोशीले युएईमा संगठित सुदूरपश्चिमवासी नेपालीले आफ्नो संस्कृति जोगाउने तथा आफ्नो जन्मस्थानलाई सकेसम्म सहयोग गर्ने नीति लिएको बताए । समाजले युएईमा गौरापर्व मनाउने कार्यक्रम तय गरेको छ ।

तपाईको प्रतिक्रिया